नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६० हजार नाघ्यो

काठमाडौं, १ माघ । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये थप ४ सय ५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोनाका कारण संक्रमण भएकामध्ये निको हुनेको संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ६ प्रतिशत हो ।
यस्तै गत २४ घन्टामा थप ४ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ५ हजार ३२ पिसिआर परीक्षण गर्दा १ सय ६१ जना महिला र २ सय ४२ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २६ रहेको छ ।