आपतकालीन प्रयोगको लागि अनुमति पाएका खोप ल्याउन औषधि व्यवस्था विभागको दर्ता आह्वान



Download our app to get more features

काठमाडौं, २९ पुस । औषधि व्यवस्था विभागले कोभिड १९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा सोका आधिकारिक आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको छ।

विभागले सूचना जारी गर्दै कोभिड १९ को खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले उत्पादकाका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपतकालिन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरेको हो।

विभागले कोभिड(१९ खोपको आपतकालिन प्रयोगका लागि दर्ता आवेदन दिँदा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा ‘खोपको आपतकालिन प्रयोग सम्बन्धि संहिता, २०७७ र कोभिड(१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणपत्रलाई आधार मान्ने जनाएको छ।

सरकारले कोभिड विरुद्धको औषधि तथा खोपको आपतकालिन प्रयोगका लागि आषधि ऐन, २०३५ को (तेस्रो संशोधन) अध्यादेश जारी गरिसकेको छ। 

उक्त ऐनको दफा ९ (क) मा कोभिड महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण  वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सुचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका औषधि वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपलाइ दर्ता गर्ने व्यवस्था गरिएको छ।

Last modified on 2021-01-14 07:57:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts