नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय ३७ पुग्यो

काठमाडौं, २९ पुस । नेपालमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७३ प्रतिशत हो ।
यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ४४ जना आईसीयूमा उपचाररत रहेका छन् भने ३५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
Last modified on 2021-01-14 07:04:43