२४ घन्टामा थपिए ४ सय ४५ नयाँ संक्रमित, ४ सय १४ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २९ पुस । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ४ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ६ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा ४ हजार १ सय ५४ पिसिआर परीक्षण गर्दा १ सय ८४ महिला र २ सय ६१ पुरुष गरि थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ४ सय ४ सय ३४ रहेको छ ।

Last modified on 2021-01-13 18:03:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts