कोरोना विरुद्धको खोप खरिदका लागि आर्थिक सहयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपका लागि कोषमा योगदान गर्न आह्वान गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेकाले खोप कोषमा आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।

‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ,’ सूचनामा उल्लेख गरिएको छ ।

कोरोना खोप कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षासमेत गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले रकम जम्मका लागि कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गर्दै आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।

यस्तो छ मन्त्रालयले जारी गरेको सूचनाः

 

Last modified on 2021-01-13 18:01:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts