भरतपुर क्यान्सर अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला



Download our app to get more features

चितवन, २८ पुस । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छिन्। 

२४ वर्षीय लक्ष्मी जोशी भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित आफ्नै डेरामा हिजो (सोमबार) झुण्डिएको अवस्थामा फेला परेकी हुन। 
अस्पतालकी नर्सिङ प्रमुख सविता पन्थीका अनुसार नर्स जोशी २ दिनअघिसम्म ड्युटीमा गएकी थिइन। 

उनी एक बजे ड्युटी आउनु पर्ने थियो । दुई बजेसम्म नि ड्युटी नआएपछी खोजी गर्ने क्रममा उनी आफै बस्दै आएको डेरामा सोमवार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

उनका अनुसार ती नर्स साथीसँग बस्दैँ आएकी थिइन् । त्यो समयमा साथी भने आफ्नो कामको सिलसिलामा डेरा बाहिर गएकी थिइन् ।

डा. गौतमका अनुसार ती नर्सले २०७६ असार २२ गतेदेखि सो अस्पतालमा सेवा दिँदै आएकी थिइन्। नर्स जोशी विगत डेढ वर्षदेखि मेडिकल अंकोलोजी युनिटमा कार्यरत थिइन।  उनको घर कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित भगतपुर हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Last modified on 2021-01-12 21:39:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts