थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ३५ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, २८ पुस । नेपालमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ३ प्रतिशत हो ।

यस्तै हाल देशभर कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ५७ जनाको आईसीयमा उपचार भइरहेको छ भने ३५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । 

आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका मध्ये सबैभन्दा धेरै बागमित प्रदेशमा रहेका छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा ५५ आईसीयूमा उपचाररत रहेका छन् भने २० भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै गण्डकी प्रदेशमा ६२ आईसीयूमा र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै लुम्बिनी प्रदेशमा ३५ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । त्यसैगरि प्रदेश १ मा १ जना आईसीयू र १ जना जना भेन्टिलेटरमा उपचाररत छन् भने प्रदेश २ मा आईसीयू र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

यस्तै कर्णाली प्रदेशमा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने  सूदुरपश्चिम प्रदेशमा २ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

Last modified on 2021-01-13 07:30:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts