नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८
१ लाख ७२ हजारभन्दा बढी पुरुषमा संक्रमण

काठमाडौं, २८ पुस । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुने पुरुषको संख्या १ लाख ७२ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप २ सय ५३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ७२ हजार ८ सय ६७ पुगेको छ । यो दर कुल संक्रमितको ६५ दशमलव शून्य ६ प्रतिशत हो ।
यस्तै कोरोना भाइरसका कारण संक्रमित हुने महिलाको संख्या ९२ हजार नाघेको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा थप १ सय ७७ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुने महिलाको संख्या ९२ हजार ८ सय ३१ पुगेको छ । यो दर कुल संक्रमितको ३४ दशमलव ९ प्रतिशत हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५ हजार ३ सय पिसिआर परीक्षण गर्दा थप ४ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप ३ सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ६ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ८ रहेको छ ।