चिकित्सा आयोगले तोक्यो पिजी अध्ययनको अधिकतम शुल्क

काठमाडौं, २७ पुस । चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पिजी) तहको विभिन्न विषयको अध्ययन शुल्क तोकेको छ ।
आयोगले पिजीको विषय अनुसार २ लाख ९३ हजार देखि २२ लाख ९९ हजारसम्म शुल्क तोकेको हो।
पिजी अध्ययनका लागि आयोगले १८,१९ र २० गते परीक्षा लिएर नतिजा प्रकाशित समेत गरिसकेको छ।
आयोगका अनुसार छात्रवृत्ति बाहेकका सिटमा विश्ववद्यालय, प्रतिष्ठान तथा कलेजले यही शुल्क अनुसार विद्यार्थीसँग शुल्क लिनु पर्ने हुन्छ।
Last modified on 2021-01-12 09:07:04