थप १० जनाको कोरोनाका कारण मृत्यु, १ सय ६३ जना आईसीयूमा उपचाररत

काठमाडौं, २७ पुस । गत २४ घन्टामा नेपालभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय २७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७३ प्रतिशत हो ।
यस्तै हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ६३ जनाको उपचार आईसीयूमा भइरहेको छ भने ३७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
हाल नेपालभर सक्रिय संक्रमितमध्ये १ हजार २ सय ३० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय ४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
Last modified on 2021-01-12 07:09:17