२४ घन्टामा ५ हजार ३ सय ९ पिसिआर परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना संक्रमण, ५ सय २७ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २७ पुस । नेपालमा थप ४ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत २४ घन्टामा ५ हजार ३ सय ९ पिसिआर परीक्षण गर्दा १ सय ९२ जना महिला र २ सय ९६ जना पुरुषमा गरि ४ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ । 

यस्तै गत २४ घन्टामा थप ५ सय २७ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ६ प्रतिशत हो ।

हाल नेपालभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ७३ रहेको छ भने २ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन् ।

Last modified on 2021-01-12 07:09:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts