स्वास्थ्य मन्त्री त्रिपाठीको प्राथमिकतामा स्वास्थ्य समूहका कर्मचारी समायोजन



Download our app to get more features

काठमाडौं, २७ पुस । स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजनको समस्या चाँडै समाधान हुने बताएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजनमा केही जटिलता रहेको हुनाले त्यसलाई चाँडै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । 

सोमवार मन्त्रालयमा आयोजना पत्रकार भेटघाट कार्यक्रममा मन्त्री त्रिपाठीले अन्य क्षेत्रको भन्दा पनि स्वास्थ्य समूहका कर्मचारी समायोजनमा बढी जटिलता देखिएको र अबको केहि समयमै यो समस्या समाधान गर्ने बताए ।

प्राविधिक क्षेत्र रहेको स्वास्थ्य समूहको कर्मचारी समोजनमा रहेका जटिलताको विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा समायोजनको प्रक्रिया अगाडी बढाइएको मन्त्री त्रिपाठीले उल्लेख गरे ।

यस्तै मन्त्री त्रिपाठीले सरकारले लिएको सबै स्थानीय तहमा ५, १० र १५ शय्याको अस्पताल निर्माणको लक्ष्य पूरा गर्नेमा काम अघि बढाइएको बताए । उनले केही स्थानमा जग्गा र केही त्रुटि भएकाले त्यसलाई पनि समाधान गर्दै चाँडै नै अस्पताल निर्माण गरिसक्ने बताए ।

Last modified on 2021-01-11 17:50:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts