चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

चितवन, २७ पुस । चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । 
श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए । सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा आइतबार राति ८ः५९ बजे मृत्यु भएको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts