केन्द्रीय अस्पताल र विभागका ५ जना निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौं, २७ पुस । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले विभाग र अस्पतालका गरी ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय मार्फत निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको हो ।
मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारीमा डा. आरपी बिच्छालाई दिइएको छ । त्यहाँका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ । इडिसीडीका निर्देशक डा. बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।
यस्तै स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा मन्त्रालयमा रहेका डा. मदन उपाध्यायलाई पठाइएको छ । डा. रमेश खरेललाई विभाग अन्तरगर्त रहने गरी जिम्मेवारी तोकिएको छ ।
Last modified on 2021-01-11 17:49:36