धनगढीमा कोरोना संक्रमित ८० वर्षीय वृद्धको मृत्यु



Download our app to get more features

धनगढी, २७ पुस । धनगढीमा थप एक कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ ।

उप–महानगरपालिकाको वडा नम्बर ३ मिलनचोकका ८० वर्षीय वृद्धको आइतबार मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कडा निमोनिया र स्वास प्रस्वासबाट ग्रसित पुरुषको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो ।

यो सँगै प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ७४ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts