राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा ‘सीटी स्क्यान’ सेवा सुरु



Download our app to get more features

दाङ, २६ पुस । दाङको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा ‘सीटी स्क्यान’ सेवा सुरु भएको छ । सीटी स्क्यान सेवाको आईतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घघाटन गरेका छन् । 
लुम्बिनी प्रदेशकोे सरकारबाट प्राप्त ३ करोड ५० लाख लागतमा उक्त सेवा सुरु गरिएको हो । अस्पतालमा सेवा सुरु भएसँगै सीटी स्क्यान सेवाकालागि बाहिरी जिल्ला जानुपर्ने वाध्यताको अन्त्य भएको छ ।
उद्घघाटन अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल भएपनि सेवाका हिसाबले प्रादेशिक अस्पतालका रुपमा विकास हुन नसकेको बताए । 
प्रादेशिक अस्पताल रेफर अस्पतालका रुपमा रहेको भन्दै यो समस्या अन्त्य गर्नु पर्नेमा जोड दिए । उनले भने ‘पूर्वाधार हामी निर्माण गर्छौं, तपाईहरुले कसरी प्रभाबकारी सेवा दिने भन्ने विषयमा चासो दिनुस् ।’  
सीटी स्क्यान सेवाको साथसाथै संघीय सरकारकोे ६ करोड ५० लाखको लागतमा निर्माण भएका अस्पतालको नर्सिङ तथा चिकित्सक क्वाटरको पनि उद्घघाटन गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts