कोरोनाको कारण विदेशमा थप तीन नेपालीको मृत्यु



Download our app to get more features

काठमाडौं, २६ पुस । कोरोनाको सङ्क्रमणका कारण विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार यो हप्ता बेलायतमा दुई जना र मलेसियामा एक जनाको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० देशमा तीन सय १७ पुगेको छ ।


सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये  ५१ हजार एक सय १६ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९३ प्रतिशत हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो हप्ता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रिका, बेलायत भारत र संयुक्त अरब इमिरेट्समा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

नेपालमा कोरोना सङ्क्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts