नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय १७, ४४ जना भेन्टिलेटरमा

काठमाडौं, २६ पुस । नेपालमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर कोरोनाका कारण ५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय १७ पुगेको छ ।
यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ९१ जनाको उपचार आईसीयूमा भइरहेको छ भने ४४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
Last modified on 2021-01-10 19:00:33