नेपालमा कोरोनामुक्त हुनेदर ९७ दशमलव ६ प्रतिशत, २ लाख ६४ हजारभन्दा बढी संक्रमित

काठमाडौं, २६ पुस । नेपालमा थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ हजार २ सय ८६ पिसिआर परीक्षण गर्दा ९९ महिला र १ सय ६० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप ५ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण संक्रमति भएकामध्ये निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ६ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २२ रहेको छ ।
Last modified on 2021-01-10 18:31:27