टाउकोमा चोट लागेको छ ? ख्याल गर्नुहोस् ( भिडियोसहित)

दुर्घटनामा ४० प्रतिशत मानिसलाई हेड इन्जुरीहुन्छ : चिकित्सक



Download our app to get more features

काठमाण्डौं, ७ चैत । टाउकोमा चोट लागेमा तत्कालै विशेषज्ञलाई देखाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

विश्व हेड इन्जुरी डे का अवसरमा आइतबार काठमाण्डौंको चिरायु अस्पतालले गरेको अन्तरक्रियामा सहभागी चिकित्सकले टाउकोमा लागेको चोटलाई सामान्य भनेर नबस्न सुझाव दिएका हुन् । 
कार्यक्रमका सहभागीले जनचेतनाको कमीले हेड इन्जुरीका बिरामीले तत्कालै उपचार नगर्ने परम्परा बसेको बताए । उनीहरुले दुर्घटनामा टाउकोमा बाहिरी रुपमा चोट नदेखिएपछि तत्कालै चेकजाँच नगर्ने प्रवृत्तिका कारण हेड इन्जुरीका बिरामीहरु बढ्दै गएको बताए । दुर्घटनामा ४० प्रतिशत मानिसलाई हेड इन्जुरी हुने चिकित्सकहरुको अनुमान छ । 
सवारी दुर्घटनाका अधिकांस घटनामा टाउकोमा चोट लाग्छ । सामान्य रुपमा हेर्दा चोट नदेखिएपनि हेड इन्जुरी हुने भएकाले तत्कालै टाउकोको उपचार गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । 
सामान्यतया दुर्घटनामा हेड इन्जुरी भएका बिरामीको नाक र कानबाट रगत बग्ने संभावना हुन्छ । त्यसैगरी आँखाको वरिपरीको छाला कालो हुने र बिरामी बेहोस हुने लक्षण देखा पर्ने स्नायु विशेषज्ञ डा. मोहनराज शर्माले जानकारी दिए ।


सामान्यतया सवारी साधानबाट हुने दुर्घटनाका कारण अधिकांस बिरामीमा हेड इन्जुरीको समस्या हुन्छ । त्यसैले सवारी साधनको प्रयोग गर्दा सुरक्षाका विधिहरु अपनाउन चिकित्सकको सुझाव छ । 
मोटरसाइकल चढ्दा हेलमेटको प्रयोग, चारपांग्रे सवारी चलाउँदा सिट बेल्टको प्रयोग गर्ने र असुरक्षित रुपमा यात्रा नगर्न उनीहरुले सुझाव दिएका छन् । 

 

 

 

 

 

Last modified on 2016-03-20 19:21:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts