बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

 बाँके, २६ पुस । बाँकेमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका अनुसार रोल्पा र दाङका एक–एक महिलाको कोरोना मृत्यु भएको हो ।

रोल्पा लिवाङकी ४२ वर्षीया र दाङको बबईकी ८० वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ । रोल्पाकी महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा आइतबार बिहान ३:३० बजे मृत्यु भएको हो ।

त्यस्तै दाङकी महिलालाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएकोमा भोलिपल्ट कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । उनको आइतबार बिहान ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
 

Last modified on 2021-01-10 18:31:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts