योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा डा. बस्नेत



Download our app to get more features

काठमाडौं, २६ पुस । योग तथा प्राकृतिक चिकित्सक संघमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार भएको १२ औं साधारण सभाबाट डा. जनकबहादुर बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । डा. बस्नेत यसअघि पनि संघको अध्यक्ष थिए ।

१३ सदस्यीय नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा डा. दिनेश राई, उपाध्यक्षमा डा. योन्जन गैह्रे र महासचिवमा डा. रबिनलाल श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सचिवमा डा. दीपा पाण्डे र कोषाध्यक्षमा डा. पुकार लोहनी निर्वाचित भएका हुन् ।

समितिका सदस्यहरूमा डा. त्रिदेन शाक्य, डा. स्कन्द डाँगी, डा. प्रार्थी गुर्वाचार्य, डा. मनोज ढकाल, डा. दीपा पौडेल, डा. प्रकृति सिंह, र  डा. प्रतीक्षा पाण्डे निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको पदावधी २ बर्षको हुनेछ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts