स्वास्थ्य विभागले गर्यो पारामेडिक्स तर्फका १२७ जनाको स्तरवृद्धि

काठमाडौं, २५ पुस । स्वास्थ्य सेवा विभागले एक सय २७ पारामेडिक्स तर्फका कर्मचारीहरूको स्तरवृद्धि गरेको छ । एक वर्ष अगाडी निवेदन दिएका उनीहरूको स्तरवृद्धि गरेको हो।
विभागले २०७६ साल असार र पौष महिनामा निवेदन दर्ता भइ आवश्यक कागजातहरू प्राप्त भइ स्तरवृद्धि भएका पारामेडिक्स तर्फका कर्मचारीहरूको विवरण भएको जनाएको छ।
केही संख्यामा पारामेडिक्सको चौयोबाट पाँचौ सहायकमा स्तरवृद्धि भएको छ भने केहीको पाँचौ सहायकबाट छैटौं अधिकृतमा स्तरवृद्धि भएको छ ।
उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
Last modified on 2021-01-10 10:50:53