थप ३ जनाको कोरोनाका कारण मृत्यु, ३८ जना भेन्टिलेटरमा उपचाररत

काठमाडौं, २५ पुस । नेपालमा थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय १२ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७२ प्रतिशत हो ।
यस्तै हाल देशभर कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ८६ जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
प्रदेश १ मा ४ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने प्रदेश २ मा कुनै पनि संक्रमित आईसीयू र भेन्टिलेटरमा शून्य संक्रमित संख्या रहेको छ ।
यस्तै सबैभन्दा धेरै बागमती प्रदेशमा ७० जना आईसीयू र २१ भेन्टिलेटरमा, गण्डकीमा ६२ आईसीयू र ७ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ३७ आईसीयू र ७ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै कर्णाली प्रदेशमा ९ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा शून्य संख्या रहेको छ भने सूदुरपश्चिम प्रदेशमा ४ आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।