नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजारभन्दा कम, ६ सय ९९ जना स्वस्थ

काठमाडौं, २५ पुस । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजारभन्दा कममा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालभर सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ८१ रहेको छ ।
यस्तै गत २४ घन्टामा थप ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा १ सय ५९ जना महिला र २ सय ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ६ सय ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ६ प्रतिशत हो ।
हाल नेपालका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा २ सय ६२ जना रहेका छन् ।