सातै प्रदेशमा दुई महिनाभित्र खोप भण्डारण केन्द्र बन्ने

 निर्माणको जिम्मा सेनालाई



Download our app to get more features

 काठमाडौं, २४ पुस । सरकारले दुई महिना भित्र काठमाडौँ सहित सात प्रदेशमा आठ वटा अत्याधुनिक खोप भण्डारण केन्द्र (वेर हाउस) बनाउने भएको छ । कोरोना खोप ल्याउने तयारी चलेकै बेला गत २० पुसमा बसेको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशमा सात र काठमाडौँमा एक गरी आठ ठाँउमा अत्याधुनिक खोप भण्डारण केन्द्र बनाउने निर्णय गरेको हो ।

 खोप भण्डारण केन्द्र (वेर हाउस) निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको स्वास्थ्य मन्त्रालयले  जनाएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले लागत अनुमान सहितको बजेट तथा भवनको डिजाइन समेत सेनालाई पठाइसकेको छ ।

मन्त्रालयले प्रति केन्द्रको लागत अनुमान १ करोड ११ लाख ९५ हजार ७२६ रुपैयाँ तोकेको छ । प्राविधिक सहयोग एनएचएसएसपी र युके एडको प्राविधिक सहयोगमा वेरहाउस बनाउन लागेको हो ।

स्वास्थ्यका अधिकारीहरुले २ देखि ८ डिग्री तामक्रममा राख्न मिल्ने खोपका लागि काम चलाउ खोप भण्डारण केन्द्र रहेपनि नियमित खोप अभियानका लागि थप भण्डारण केन्द्र चाहिने छ ।

Last modified on 2021-01-09 15:06:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts