काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २४ पुस ।  पछिल्लो २४ घण्टामा काठमाडौं ९० महिला र १ सय १७ पुरुष गरी २ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। 

योसँगै उपत्यकामा एक लाख २२ हजार ९ सय ६४ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १ सय ९१, ललितपुरमा २३ र भक्तपुरमा १३ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

हालसम्म काठमाडौंमा मात्र ९८ हजार ४ सय ४७ जना संक्रमित भएका छन्, जसमध्ये ४ सय ७७ जनाको मृत्यु भएको छ। हालसम्म ९५ हजार ५ सय ६४ सय जना निको भएका छन्।

ललितपुरमा १५ हजार ५सय ५ जना संक्रमित भएका छन्। जसमा १ सय ५१ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १५ हजार ५३ जना निको भएका छन्।

भक्तपुरमा ९ हजार १२ संक्रमितमध्ये १ सय १० जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७ सय ६५ जना निको भएका छन्।

आज काठमाडौंमा २ हजार ४ सय ६ ललितपुरमा ३ सय १  र भक्तपुरमा १ सय ३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts