देशभर १५६१ जना होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, २४ पुस । देशभर हाल १ हजार ५ सय ६१ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ५ हजार २१ कुल सक्रिय संक्रमितमध्ये १ हजार ५ सय ६१ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ६० जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

प्रदेश १ मा १ सय ४, प्रदेश २ मा ५७, बागमती प्रदेशमा ४ सय ७५, गण्डकी प्रदेशमा २ सय ८१, लुम्बिनी प्रदेशमा ४ सय ८, कर्णालीमा १७ र सुदूरपश्चिममा २ सय १९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 
यस्तै, देशभर हाल २ सय १९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ८२ जना आइसियु र ३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts