नेपालमा थप ६ संक्रमितको मृत्यु,मृतकको संख्या १९०९ पुग्यो

काठमाडौं, २४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा एकै दिन ५ हजार २ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७४ हजार ५ सय ६१ पुगेको छ। अहिले ३ सय ३८ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
Last modified on 2021-01-09 15:06:00