'झोले चिकित्सक र भारतीय औषधिको बिगबिगीले नेपाली औषधिले बजार पाएन'



Download our app to get more features

रुपन्देही, २४ पुस । नेपाल औषधि व्यवसायी संघ रुपन्देही शाखाको खुद्रा भेला सम्पन्न भएको छ । 

रुपन्देहीका ४ स्थानमा भएको अन्तरक्रियापछि बुटबलमा भएको भेलामा लुम्बिनी क्षेत्रमा झोले चिकित्सक र भैरहवा क्षेत्रमा भारतिय औषधिको बिगबिगी लगायतको समस्या देखिएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

भेलामा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष (खुद्रा) रामप्रसाद खरेलले केवल नाफा कमाउने र बिक्रि गर्ने कामसँगै व्यवसायीहरु आन्तरिक व्यवस्थापनमा जोड दिन सुझाव दिए ।  

उनले खुला सीमानाका कारण भारतिय औषधिको बिगबिगी बजारमा बढ्दै गएकाले नेपाली औषधिको बजार कमजोर हुँदै जाँदा त्यसले थप समस्या उत्पन्न हुन सक्ने बताए । 

उनले होलसेल विक्रेता र खुद्रा औषधि बिक्रेताहरुबीच द्वन्द्वले आम उपभोक्ता मर्कामा पर्ने खरेलले बताए । उनले खुद्रा औषधि व्यवसायीहरु पेशाप्रति वफादार, व्यवस्थित र उत्तरदायी बन्नुपर्ने सुझाव दिए ।

यस्तै नेपाल औषधि व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराईले लुम्बिनी क्षेत्रमा झोले चिकित्सक, भैरहवा क्षेत्रमा भारतिय औषधि लगायतको समस्या देखिएको भन्दै जिल्लाका ४ स्थानमा अन्तरक्रियामा यी समस्या देखिएको बताए ।

संघका विशेष सल्लाहकार लोकहरि श्रेष्ठ, डा.रोहितराज क्षेत्री, सल्लाहकार बैकुण्ठ कोईराला, महासचिव पुरुषोत्तम भट्टराईले पेशालाई संगठित, ब्यवस्थित र मर्यादित बनाउन सुझाव दिए । 

मुख्य रुपमा सामाजिक समस्या, एकआपसमा व्यवसायीबीच द्वन्दको समस्या, खुद्रा र थोक व्यवसायीबीच समस्या तथा नितिगत समस्या गरि ४ प्रकारका समस्या अहिले देखिएको उनीहरुको भनाइ छ ।

फुड सप्लिमेन्ट्री र कस्मेटिक औषधि बिक्रिमा बिरामीहरु डिस्काउन्ट, औषधिको म्याद सकिने लगायतका समस्यालाई समाधानका बाटो खोल्न सुझाव दिए । कस्मेटिक उपचार र औषधि राख्नुपर्ने बाध्यता रहेपनि यसबाट फाईदा नहुने उनीहरुको भनाइ छ ।

गुणयुक्त असरयुक्त, जनसुरक्षित औषधिको आपुर्ति, हाम्रो प्रतिवद्घता नारासहित स्थापना भएको संघले ब्यवसायिक हितका लागि क्षेत्रगत ४ वटा भेला, सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान, आर्थिक सहयोग लगायतका कार्यक्रमहरु गरेको छ ।

Last modified on 2021-01-09 15:04:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts