काठमाडौं उपत्यकामा २५१ संक्रमित थपिए

काठमाडौं, २३ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं १ सय ११ महिला र १ सय ४० पुरुष गरी २ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख २२ हजार ७ सय ५७ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमाडौंमा मात्र ९८ हजार २ सय ७६ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ। हालसम्म ९५ हजार ३ सय ५७ सय जना निको भएका छन्।
ललितपुरमा १५ हजार ४ सय ८२ जना संक्रमित भएका छन्। जसमा १ सय ४९ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १५ हजार ४ जना निको भएका छन्।
भक्तपुरमा ८ हजार ९ सय ९९ संक्रमितमध्ये १ सय १० जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७ सय ४३ जना निको भएका छन्।
आज काठमाडौंमा २ हजार ४ सय ४३ ललितपुरमा ३ सय २९ र भक्तपुरमा १ सय ४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।