देशभर १ हजार ५६१ कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं, २३ पुस । देशभर हाल १ हजार ५ सय ६१ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ५ हजार ५८ कुल सक्रिय संक्रमितमध्ये १ हजार ५ सय ६१ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ९७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
प्रदेश १ मा १ सय ४, प्रदेश २ मा ५७, बागमती प्रदेशमा ४ सय ७५, गण्डकी प्रदेशमा २ सय ८१, लुम्बिनी प्रदेशमा ४ सय ८, कर्णालीमा १७ र सुदूरपश्चिममा २ सय १९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल २ सय १६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ८४ जना आइसियु र ३२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।