नेपालमा कोरोना संक्रमित मृतकको संख्या १९ सय नाघ्यो

काठमाडौं, २३ पुस । नेपालमा कोरोना संक्रमित मृतकको संख्या १९ सय नाघेको छ। गएको २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ६ जना संक्रमितको मृत्यु भएको थियो।
नेपालमा एकै दिन ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ।