दुई वर्षदेखि रिक्त रहेको नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा मोहम्मद सफिउल्लाह

काठमाडौं, २३ पुस । नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा मोहम्मद सफिउल्लाह नियुक्त भएका छन् ।
नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो ।
डा.रोवस कुसुम सुवेदीले पदबाट राजीनामा दिएपछि झन्डै २ वर्षदेखि रिक्त रहेको पदमा सफिउल्लाहलाई नियुक्त गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिमिटेडको महाप्रबन्धक पदका लागि मागेको आवेदनमा तीन जना छनौट भएका थिए । जसमा अर्जुन अर्याल, मोहम्मद सफिउल्लाह र राजकुमार थापाको नाम सिफारिस गरिएको थियो । सोहि सिफारिसको आधारमा सफिउल्लाहलाई लिमिटेडको महाप्रबन्धकमा चयन गरिएको हो ।
यसअघिका महाप्रबन्धक डा. सुवेदी खुला प्रतिस्पर्धाबाट २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हालेका थिए । तर, व्यक्तिगत कारण देखाउँदै उनले २०७५ पुस ४ मा राजीनामा दिए । आफ्नो कार्यकालमा उनले प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुनः सञ्चालन गरी सिटामोल जीवनजल उत्पादन शुरु गराएका थिए ।