कोभिड अस्पताललाई ननकोभिड सेवा पनि संचालन गर्न सरकारको निर्देशन

काठमाडौं, २२ पुस । सरकारले सबै कोभिड अस्पतालहरूलाई ननकोभिड सेवा पनि सञ्चालन गर्न निर्देशन दिएको छ। कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बुधबार बसेको आइसिएसको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो।
स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले देशका सबै कोभिड अस्पताललाई निर्णय कार्यान्वयन गराउन परिपत्रसमेत गरिसकेको छ।
ननकोभिड सेवा पनि नियमित गर्न सबै अस्पताललाई निर्देशन दिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
मन्त्रालयले सबै कोभिड र ननकोभिड अस्पतालहरुले प्रदान गरिरहेका ननकोभिड सेवा सदाझैँ नियमित प्रदान गर्ने व्यवस्था गर्न र कोभिडका लागि तोकिएका अस्पतालहरुले कोभिड र ननकोभिड सेवाहरु समेत नियमित रुपमा प्रदान गर्न निर्देशन गरिएको छ ।