धनगढीका थप एक कोरोना संक्रमितको मृत्यु

धनगढी, २२ पुस । धनगढीमा थप एक कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ का ७० वर्षीय वृद्धको बुधबार मृत्यु भएको हो।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार निमोनिया पीडित पुरुषको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा बुधबार साझ मृत्यु भएको हो ।
यो सँगै प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ७३ पुगेको छ।