२४ घन्टामा थपिए ४ सय ९ संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजारभन्दा बढी

काठमाडौं, २२ पुस । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ६३ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी राष्ट्रिय जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ६ पिसिआर परीक्षण गर्दा थप ४ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले १ सय ४४ महिला र २ सय ६५ जना पुरुषमा गरी थप ४ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको बताए । उनले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको जानकारी गराए ।
यस्तै गत २४ घन्टामा थप ४ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमण पश्चात निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको भन्दै यो दर कुल संक्रमितको ९७ दशमलव ३ प्रतिशत रहेको पनि बताए ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ रहेको छ भने १ हजार ६ सय ८ जना होम आइसोलेसनमा रहेका छन् ।