नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय नजिक

काठमाडौं, २२ पुस । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९ सय नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७२ प्रतिशत हो ।
यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमितमध्ये १ सय ९७ जनाको उपचार आईसीयूमा भइरहेको छ भने ३० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
Last modified on 2021-01-06 20:33:08