पोस्ट ग्रेजुएटको प्रवेश परीक्षा नतिजा सार्वजनिकः २ हजार ८ सय ७५ जना उत्तीर्ण

नतिजासहित



Download our app to get more features

काठमाडौं, २२ पुस । चिकित्सा शिक्षा आयोगले पोस्ट ग्रेजुएट (पिजि) को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले पुष १८ गते लिएको एमडी/एमएसको नतिजा बुधवार सार्वजनिक गरेको हो ।

आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलका अनुसार परीक्षामा ५ हजार २ सय २९ जना सहभागि भएका थिए । जसमा अनुभव सहितको खुल्ला तर्फ २ हजार ४ सय ७० जना,  विना अनुभव खुल्ला तर्फ १ सय ५७ जना, सरकारी तर्फ २ सय २ जना र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तिर्ण भएका छन् ।

परीक्षामा सहभागीमध्ये २ हजार ८ सय ७५ जना उत्तीर्ण भएका छन् भने २ हजार ३ सय ५७ अनुत्तीर्ण भएका छन्।

यस्तो छ आयोगले सार्वजनिक गरेको नतिजाः

Last modified on 2021-01-08 10:11:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts