केही दिन सवारी साधन नचलाउन स्वास्थ्य मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं, २२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा वायू प्रदुषण बढ्सँगै केही दिन सवारी साधनहरू नचलाउन आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईले वायुप्रदुषणले स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुने सर्वसाधारणलाई सर्तकता अपाउन आग्रह गरेको हो।

स्वास्थ्य मन्त्रालयले मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ । यस्तै,  केही दिनका लागि रोक्ने, फोहोरहरुको उचित व्यवस्थापन गर्ने तर नजलाउने, घरबाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र कोभिड१९ का लागि तोकिएको जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

साथै, धुलो धुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगत गर्न पनि मन्त्रालयले आग्रह गरेको हो।

वायू प्रदुषणका कारण जनस्वास्थ्यमा पर्नेसक्ने प्रभावका मध्यजनर गरी सरकारले मापदण्ड तोक्न सक्ने व्यवस्था जनस्वास्थ्य ऐन, २०७५ को दफा ४० रहेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts