देशभर १७१४ कोरोना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, २१ पुस । देशभर हाल १ हजार ७१४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ५ हजार २२५ कुल सक्रिय संक्रमितमध्ये १ हजार ७१४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ५११ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

प्रदेश १ मा ८५, प्रदेश २ मा ५२, बागमती प्रदेशमा ५२९, गण्डकी प्रदेशमा ३४९, लुम्बिनी प्रदेशमा ४५६, कर्णालीमा १८ र सुदूरपश्चिममा २२५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 
यस्तै, देशभर हाल २४७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २०३ जना आइसियु र ४४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts