काठमाडौं उपत्यकामा २३२ संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं, २१ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं ९३ महिला र १ सय ३९ पुरुष गरी २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। 

योसँगै उपत्यकामा एक लाख २२ हजार २ सय ७३  जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १ सय ७१ , ललितपुरमा ५३ र भक्तपुरमा ८ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

हालसम्म काठमाडौंमा मात्र ९७ हजार ९ सय १९ जना संक्रमित भएका छन्, जसमध्ये ४ सय ७६ जनाको मृत्यु भएको छ। हालसम्म ९४ हजार ९ सय ७३ सय जना निको भएका छन्।

ललितपुरमा १५ हजार ४सय ४ जना संक्रमित भएका छन्। जसमा १ सय ४७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ९ सय ३५ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ९ सय ५० संक्रमितमध्ये १सय ९ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७ सय २१ जना निको भएका छन्।
आज काठमाडौंमा २ हजार ४ सय ७० ललितपुरमा ३ सय २२  र भक्तपुरमा १ सय २० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts