नेपालमा थप ८ संक्रमितको मृत्यु,मृतकको संख्या १८९३ पुग्यो



Download our app to get more features

काठमाडौं, २१ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टामा ४ हजार ५ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५७ हजार ४ सय ५४ पुगेको छ। हाल ३ सय ४२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts