पछिल्लो २४ घण्टामा थप ५२२ जना संक्रमित, ५७८ जना डिस्चार्ज



Download our app to get more features

काठमाडौं, २१ पुस । पछिल्लो २४ घण्टामा देशभर थप ५२२ जनालाई कोरोना  संक्रमित थपिएका छन् ।  ४ हजार ५ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ५२२ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४पुगेको छ ।  आज देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ५ सय ७८ रहेको छ । हालसम्म २ लाख ५५ हजार ६ सय ६६  संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा ८ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या १८९३ पुगेको छ ।

Last modified on 2021-01-06 09:05:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts