काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहर

 घर बाहिर ननिस्किन सरकारको आग्रह



Download our app to get more features

काठमाडौं, २१ पुस । काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहर बनेको छ । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७.४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ ।

दुई दिनदेखि मौसममा आएको परिवर्तनले काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च भएको हो । काठमाडौंको सडकमा हिँड्दा धेरैले आँखा पोलेको अनुभव गरेकाछन् । 
 काठमाडौको मापन दोस्रो र तेस्रो स्थानको भन्दा झण्डै दोब्बर पुगेको थियो । त्यतिबेला दोस्रो स्थानमा रहेको कीर्गिस्तानको भिश्केकको २९६ र तेस्रो स्थानको भियतनामको हनौईमा २४१ एक्युआई थियो । चिकित्सकहरूका अनुसार यसको कारण वायु प्रदूषण भएको बताएका छन् । 

उता, वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले मंगलबार विज्ञप्ति जारी गर्दै बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको जनाएको छ। 

वायु प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं दमखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुको समस्या भएकाहरु बढी प्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले अपिल गरेको छ। 

काठमाडौं उपत्यकावाहेक तराई क्षेत्रका सहरहरु जस्तै नेपालगन्ज तथा विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च पाइएको छ। यस्तै, फोहोर तथा आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगर्न विभागले अनुरोध गरेको छ। 

 मौसम यस्तै भइरहेमा प्रदूषणको अवस्था अझै खराब हुने सम्भावना रहेको हुनाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। 

Last modified on 2021-01-06 07:33:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts