कञ्चनपुुरका थप एक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

बाँके, २१ पुस । कञ्चनपुुरका थप एक कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। 
बाँकेस्थित नेपालगन्ज मेडकल कलेजमा कञ्चनपुरको भिमदत्त नगरपालिका –५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। 
वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि पुष १७ गते अस्पताल भर्ना गरिएको थियो। सोहि दिनको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भई मंगलबार बिहान उनको मृत्यु भएको नेपालगन्ज मेडीकल कलेजका कोभिड–१९ फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या ७२ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts