बाँकेमा कोरोना संक्रमित थप एकजना वृद्धको मृत्यु



Download our app to get more features

बाँके, २० पुस । बाँकेमा कोरोना संक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका २ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 
स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा १५ पुसमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।
क्यान्सरका समेत बिरामी रहेका उनी पुस १८ गते अस्पतालमा भर्ना भएका थिए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts