काठमाडौं उपत्यकामा १८५ संक्रमित थपिए

काठमाडौं , २० पुस । पछिल्लो २४ घण्टामा काठमाडौं ८२ महिला र १०३ पुरुष गरी १८५ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख २२ हजार ४१ जना कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ४० , ललितपुरमा २१ र भक्तपुरमा २४ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमाडौंमा मात्र ९७ हजार ७ सय ४८ जना संक्रमित भएका छन्, जसमध्ये ४ सय ७५ जनाको मृत्यु भएको छ। हालसम्म ९४ हजार ७ सय ६१ सय जना निको भएका छन्।
ललितपुरमा १५ हजार ३ सय ५१ जना संक्रमित भएका छन्। जसमा १ सय ४७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ८ सय ८८ जना निको भएका छन्।
भक्तपुरमा ८ हजार ९ सय ४२ संक्रमितमध्ये १सय ७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७सय १ जना निको भएका छन्।