नेपालमा कोरोनाका कारण थप ७ जनाको मृत्यु, ३४ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, २० पुस । नेपालमा कोरोना थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७१ प्रतिशत हो । 

यस्तै हाल नेपालभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये २ सय ९ जना आईसीयूमा उपचाररत रहेका छन् भने ३४ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

हाल देशभर रहेका सक्रिय संक्रमित मध्ये १ हजार ७ सय ७४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५ सय १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Last modified on 2021-01-05 09:11:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts