प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी रोगबाट ग्रसित प्रचण्ड पत्नी दाहाललाई भारत लगियो



Download our app to get more features

काठमाडौं, २० पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि भारत लगिएको छ ।

एक सातादेखि बिरामी दाहाललाई नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । तर, उनलाई एक दिनमै डिस्चार्ज गरेर घर पठाइएको थियो । 

मधुमेह र उच्च रक्तचापकी बिरामी दाहाललाई सोमवार भारतको मुम्बई लगिएको हो । 

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सामाजीक सञ्जाल फेसबुकमार्फत् दाहाललाई सोमवार ११ः २० को प्लेनमा मुम्बई लगिएको उल्लेख गरेका छन् ।

लामो समयदेखि पार्किन्सनसँग मिल्दोजुल्दो लक्षण देखिएकोे उनमा प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) नामक रोग पुष्टि भएको चिकित्सकहरुले बताएका छन् । उनको उपचार  मुम्बईको न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टीच्युटमा हुने बताइएको छ । 

Last modified on 2021-01-05 09:10:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts